सार्वजनिक यातायात सञ्चालनसँगै नयाँ बसपार्क खुल्यो, ‘टिकट बुकिङ’ पनि सुरु

Advertisement

काठमाडौँ । सरकारले लामो दूरीका सवारी साधनहरु बिहीबारदेखि चल्न दिएसँगै गोङ्गबुस्थित नयाँ बसपार्कको सरसफाई गर्नेदेखि कम्युटर प्रणालीमार्फत लामो दूरीका बसको ‘टिकट बुकिङ’ पनि खुला गरिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बन्द रहेको नयाँ बर्ष पार्कलाई पनि सञ्चालनमा ल्याइएको छ । बस पार्कलाई संक्रमणमुक्त गर्न औषधि छर्नेदेखि फोहरमैला हटाउने काम भएको छ । बसपार्कले दशैंमा घर जानेहरुका लागि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ पनि गर्न थालेको हो ।

Advertisement

यात्रु र यातायात कर्मचारीहरुलाई सुरक्षित यात्राका लागि सुरक्षा सावधानीसहित टिकट बुकिङ गर्ने काम सुरु गरिएको बसपार्कले जनाएको छ । 

Advertisement

Advertisement