टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा, मूल्य जम्मा रु. ३० लाख

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपालमा भित्राएको छ । सिप्रदीले यसलाई बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक भनेको छ । 

टाटा अल्ट्रोजको बिहीबार डिजिटल प्रबिधिमार्फत नेपाली बजारमा सार्वजनिक गरेको हो । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै बर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको सिप्रदीको भनाई छ । 

Advertisement

अल्ट्रोजको सुरुवाती मुल्य रु २९ लाख ९९ हजार तोकिएको छ । साथै, आजदेखि नेपालभरीका सबै डिलरहरुमार्फत यो गाडीको बुकिङ पनि खुल्ला गरिएको सिप्रदीले जानकारी दिएको छ । 

टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट,  ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन । 

आजको कार्यक्रममा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेहिकल – इन्टरनेसनल बिजनेस प्रमुख सुजन रोय अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै आजबाट आफूहरुले प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेको बताए । प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पु¥याउने उनको आशा छ । 

सिप्रदीण्का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका छौं भन्दै नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ डिजाइन, सुरक्षित, प्रबिधियुक्त र ड्राइभिङ डाइनामिक्सलाई पुनःपरिभाषित गर्ने बताए । 

यस गाडी विविध किसिमका सुविधा र विशेषताहरु रहेका छन् । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो रहेको छ । 

यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडल स्टप–स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका अति उत्कृष्ट बिशेषताहरु रहेको जनाइएको छ । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, इबीडी, सीएससी र डुवल एअरब्यागहरु रहेका छन् । 
 

Advertisement

Advertisement