नेपाली ख्रिष्टियनहरुको मागः धर्मनिरपेक्षता कायम, समाधीस्थल चाहियो, चर्चलाई गुठीको मान्यता
ख्रिष्टियन महासंघका अध्यक्ष सीबी गहतराज

Advertisement

काठमाडौं । नेपाली ख्रिष्टियनहरुले धर्मनिरपेक्षताको संवैधानिक व्यवस्थालाई कायम राखेर आफूहरुलाई समाधीस्थल बनाइदिन र चर्चहरुलाई गुठीको मान्यता दिन माग गरेका छन् । 

संविधान दिवसको सन्दर्भमा राष्ट्रिय ख्रिष्टियन महासंघले विज्ञप्ति जारी गरेर सहमतिअनुसार समाधिस्थल निर्माण र चर्चलाई गुठीको मान्यताको कुरा उक्काएको हो । नेपालमा धर्मनिरपेक्षताविरुद्ध जनताको आवाज दिनप्रतिदिन बढ्दै गएको बेला ख्रिष्टियनहरुले धर्मनिरपेक्षतालाई केन्द्रमा राख्नुपर्ने बताएको हो । 

Advertisement

सहमतिअनुसार सरकारले काम गर्न आफूहरु अपमानित भएको भन्दै महासंघले आफ्नो विज्ञप्तिमा सहमतिअनुसार आफूहरुको उत्थानका लागि राष्ट्रिय ख्रिष्टियन आयोग बनाउनुपर्ने, ख्रिष्टियनहरुलाई पनि सार्वजनिक विदा दिनुपर्ने, राज्यका सबै निकायमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने, राज्य कोषको बजेट ख्रिष्टियनहरुलाई पनि विनियोजन हुनुपर्ने 
बताएको छ । 

Advertisement

Advertisement