बहुप्रतिक्षित रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’मा डिशहोम आबद्ध

Advertisement

काठमाडौं । असोज २ गतेदेखि हिमालय टेलिभिजनमा सुरु हुने ‘शो डान्सिङ विथ स्टार्स’ रियालिटि शो मा डिशहोम फाइबरनेट एशोसियट स्पोन्सरको रुपमा आवद्ध भएको छ ।

बिबिसि स्टुडियो फर्मेटमा आधारित डान्सिङ रियालिटि शो अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटि शो भएको डिशहोमले जनाएको छ । एएनसी प्रोडक्सनले ल्याएको यो कार्यक्रममा १२ नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरले ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

डिशहोम फाईवरनेटसँगै डिशहोम गो पनि यस कार्यक्रमको एशोसियट स्पोन्सर रहेको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement