संबिधान दिवसमा उद्योगी उमेशलाल श्रेष्ठदेखि शंकर ग्रुपका अध्यक्षले पाए विभुषण, अरु को को ?

Advertisement

काठमाडौं । सरकारले पाँचौं संबिधान दिवसका अवसरमा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई बिभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ । त्यसरी विभुषण पाउनेहरुमा नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठका छोरा तथा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ देखि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालसम्म छन् ।

त्यस्तै, सौन्दर्य व्यवसायी ज्योत्सना श्रेष्ठदेखि युवा उद्यमी चिराग गोयल पनि विभुषित भएका छन् । चन्द्र प्रकाश खेतानदेखि पर्यटन व्यवसायी लाक्टा फुर्टि शेर्पाले पनि विभुषित हुने अवसरमा पाएका छन् । मानपदवी, अलंकार र पदक पाउनेहहरुलाई व्यवसायी, उद्योगी व्यवसायी तथा समाजसेवा भनेर चिनाईएको छ । उमेशलाल श्रेष्ठ र बिमलमान श्रेष्ठलाई  व्यवसायीका रुपमा चिनाउँदै सुप्रबल जनसेवा श्री(तृतिय) विभुषण दिईएको छ । 

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई भने समाज सेवाीका रुपमा प्रबल जनसेवा श्री(चतुर्थ)ले विभुषित गरिएको छ । जय प्रकाश खेतानले पनि समाजसेवीकै रुपमा जनसेवा श्री(पञ्चम) प्राप्त गरेका छन् । 

कसले के के पाए ?

प्रबल जनसेवा श्री(चतुर्थ) 
त्रिभुवन धर तुलाधर, तुलसी राम अग्रवाल, शंकरलाल अग्रवाल, हिरालाल केडिया(बिरगञ्ज) 

जनसेवा श्री(पञ्चम)
ज्योत्सना श्रेष्ठ, बालकृष्ण श्रेष्ठ(काठमाडौं), जय प्रकाश खेतान(बिरगञ्ज, समाजसेवी), चिराग गोयल(समाजसेवी) अरबिन्द कुमार अग्रवाल(समाज सेवी), सुरेश पन्थ(युवा उद्यमी)
 
अलंकार(राष्ट्र यशोवद्र्धक) 

लाक्पा फुटि शेर्पा

प्रबल जनसेवा श्री(चतुर्थ)
लक्ष्मण थापा क्षेत्री(चीतवन), बिजय अधिकारी(चीतवन), अनिश थापा(इटहरी), नविन कुमार पौडेल(सुनसरी) 
 

Advertisement

Advertisement

Advertisement