कोरोना संक्रमित १२०४ थपिए, १४४७ घर फर्किए, ११ जनाको मृत्यु

Advertisement

काठमाडौं । गएको २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या एक हजार २०४ थप भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सहित कुल कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । 

सरकारले निषेधाज्ञा खुल्ला गरेसँगै कोरोना संक्रमितको संख्या बढेको हो । यद्यपि कोरोना संक्रमण हुँदैमा मानिसहरुको मृत्यु भइनहाल्ने र विभिन्न जडिबुटी, जडिबुटीजन्य मसला, योग तथा ध्यान, भिटामिन तथा प्रोटिनयुक्त खाने कुराले कोरोनालाई जित्न सकिने विज्ञहरुले सुझाव दिँदै आएका छन् । 

Advertisement

मन्त्रालयका अनुसार १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा सात हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा नौ हजार १५३ जना रहेका छन्। 

गएको २४ घण्टामा १४ सय ४७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २३६ पुगेको छ। कोरोनाबाट गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको मन्त्रालयको विवरण छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ। 

Advertisement

Advertisement