मिलिजुली फ्याम्लीले शुरु गर्यो निःशुल्क खाना खुवाउने अभियान

Advertisement

काठमाडौं । कोरोनाका कारण धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला काठमाडौंँमा भने मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा सहयोग  निःशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु भएको छ । 

दैनिक छाक टार्न नसक्नेहरुका लागि निःशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाइएको हो । 

Advertisement

कोही पनि भोको  र नाङ्गो नरहोस् भन्ने मान्यता राखेर काठमाडौँका विभिन्न ठाउँमा निःशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी राजन कँडेलले बताउँछन्। ‘लक डाउन÷निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय, वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो’, उनले भने ।              

भात, दाल र तरकारी लगायतका परिकारसँग पेटभरि निःशुल्क खाना खान पाएपछि दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएकाहरु पनि दङ्ग छन् । आफ्नो दुख र पिडामा मलम लगायकोमा हिमालयन वृदाश्रमका वृद वृदाहरुले कडेलको समुहलाई भगवानको दर्जा दियका छन र सरकारले गर्न नसकेको काम गरेकोमा सधै आशिर्वाद र धन्यवाद पनि दिने गरेका छ्न् ।   

मिलिजुली फ्याम्ली टिकटकमा निक्कै लोकप्रिय र सक्रिय रहँदै आएको छ ।

Advertisement

Advertisement