प्रष्ट भयो, सरकार प्रहरी लगाएर असहमति राख्ने जनतालाई दमन गर्न खोज्दैछः गगन

Advertisement

काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले सरकारप्रति असहमति राख्नेलाई प्रहरी लगाएर तर्साउन नखोज्न सरकारलाई चेतावनी दिएका छन् । उनले जनतालाई दमन गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । 

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, ‘लोकतान्त्रिक मुलुकमा आफ्ना विचार राखेकै कारण कसैमाथि दुव्र्यवहार गर्ने होइन, फरक मत राख्ने नागरिकमाथिको श्रृंखलाबद्ध आक्रमण आकस्मिक नभई योजनाबद्ध हो ।’

Advertisement

पछिल्ला केही घटनाहरू हेर्दा ड्युटीमा खटिएका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्रै हो भन्न सकिन्न, किनभने यी घट्नाहरू घटिरहँदा गृह मन्त्रालयबाट विभिन्न सर्कुलर गरिएको भन्ने सुनिएको छ भन्दै उनले यसबाट सरकारले प्रहरीलाई प्रयोग गरेर जनतालाई दमन गर्ने प्रयास गर्दैछ भन्ने प्रष्ट हुन्छ भने । 

नेता थापाले बब्लु गुप्तामाथि बबरमहलमा भएको घटनाले प्रहरी प्रशासन कति संवेदनहीन र असक्षम छ भन्ने पुष्टि गरेको छ भन्दै यस्ता घटनालाई छिटपुट घटना भनेर पन्छिन मिल्ने अवस्था र सुविधा प्रहरीसँग नभएको बताउँछन् । 

बब्लु गुप्तालाई घेराहालेर निर्घात कुटेकै दिन प्रहरीले अनामनगरका मनिष श्रेष्ठलाई रक्ताम्य पारेर कुटपिट गरेको नयाँ बानेश्वरमा संविधानबारे आफ्नो धारणा राखी रहेका निर्दोष नागरिकमाथि प्रहरी निरीक्षककै हातपातमा उत्रिएको, काठमाडौं बाहिर एउटै व्यक्तिलाई दुई दुई वटा लठ्ठी भाँचिने गरी कुटेको स्मरण गर्दै उनी भन्छन्, ‘म देशका विभिन्न ठाउँहरूमा पुगिरहँदा युवाहरूले गर्ने गरेका गुनासाहरू मध्ये प्रहरीले गर्ने दुव्र्यवहार प्रमुख रुपमा उठान हुन्छन् ।’

थापाले प्रहरीमाथि दुव्र्यवहार गर्दा सामाजिक सञ्जाल लगायतका ठाउँमा स्वतःस्र्फूत रुपमा न्यायका लागि, मानवताका लागि सर्वसाधारणले नै आवाज उठाएको बताउँदै थप्छन्, ‘तर प्रहरीद्वारा सर्वसाधारणमाथि दुव्र्यवहार हुँदा भने त्यस्ता आवाज निकै कम सुनिन्छन् । अर्थात् प्रहरीले गर्ने दुव्र्यवहार र ज्यादतीका घटनालाई हामीले सम्मनकिरण गर्न थालेका छौं ।’ 

Advertisement

Advertisement