आन्तरिक उडानमा भाडा नबढ्ने, जहाज भरी यात्रु राखेर उडाउन अनुमति

Advertisement

काठमाडौं । आन्तरिक बायुसेवा प्रदायकहरुले जहाजभरी यात्रु राखेर उडान भर्ने अनुमति पाएका छन् । नेपाल बायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले नागरिक उड्डयन मन्त्रालयबाट जहाजभरी यात्रु राखेर उडान भर्ने अनुमति प्राप्त भएको बताए । ‘जहाजको क्षमता अनुसार यात्रु राखेर उडान भर्ने अनुमति पाएका छौं, स्वास्थ्यका मापदण्ड पालना गर्नु भनिएको छ, हामी त्यसमा त सम्झौतै गर्दैनौं’, संघका प्रवक्ता कँडेलले कर्पाेरेट नेपालसँग भने । 

प्राधिकरण र संघबीच भाडा वृद्धि नगर्ने सहमति पनि भएको छ । अब पुरानै भाडा दरमा आन्तरिक यात्रुले उडान भर्न सक्नेछन् । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान खुला गर्ने निर्णय गरेको थियो । तर आधा संख्यामा यात्रु र ५० प्रतिशत भाडा बढाउन पाइने निर्णय यस अघि सरकारले गरेको थियो । बायुसेवा सञ्चालकहरुले भने आधा यात्रु राखेर ५० प्रतिशत भाडा बढाउँदै उडान भर्न नसक्ने अडान राख्दै आएका थिए । 

परिक्षण उडान पोखरामा 
प्रवक्ता कँडेलले यति र वुद्ध एयरलाइन्सले पोखरामा परिक्षण उडान भर्ने बताए । सोमबार बिहान ७ः४५ बजे यति एयरलाइन्स र ८ वुद्ध एयरले पोखरा उडान भर्ने तय भएको हो । सो उडानमा नेपाल नागरिक उड्डयन प्राधिरणका कर्मचारी र बायुसेवा सञ्चालकहरुले यात्रा गर्नेछन् । त्यसपछि भने यात्रुको चाप अनुसार नियमित उडान गर्ने तयारी भैरहेको पनि कँडेलले जानकारी दिए । 
 

Advertisement

Advertisement

Advertisement