सिभिललाई नेप्सेको स्पष्टिकरण– हिमालयनसँग मर्जरमा जानलाग्या हो ? सेयर बढ्या छ त ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सिभिल बैंकलाई स्पष्टिकरण सोधेको छ । हिमालयन बैंकसँग मर्जरमा जान लागेको समाचारसँगै बैंकको सेयर मूल्यमा वृद्धि देखिएपछि नेप्सेले सिभिललाई स्पष्टिकरण सोधेको हो । 

सिभिलले हिमालयनसँग आफूलाई प्राप्ती गरिदिन अनुरोध गरेको विषयका समाचारहरु आएको र सो सम्वन्धमा धितोपत्र सुचीकरण नियमावली, २०७५ को विनियम २२ को (च) बमोजिम ‘सुचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सुचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्थाबमोजिम कुनै सुचना तथा जानकारी आफूलाई प्राप्त नभएको नेप्सेको भनाई छ । 

Advertisement

यस विषयमा बैंकको भनाई के छ ? भन्दै नेप्सेले स्पष्टिकरणपत्रमा सोमबार बजार खुल्नुअघि स्पष्टिकरण पेश गर्न भनिएको छ । हिमालयनसँग मर्जरमा जाने हल्लासँगै सिभिल बैंकको सेयरमा उच्च वृद्धि भइरहेको छ । 

Advertisement

Advertisement