‘इष्टु’द्धारा आन्दोलन घोषणा, निजी विद्यालयहरुलाई शुल्क उठाउन सहज हुने

Advertisement

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु)ले आन्दोलनको घोषणा गरेको छ । आफूहरुले अघि सारेका १० बुँदे मागहरु पूरा नभएको भन्दै युनियनले आइतबार चरणवचद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । 
 
युनियनले असोज ९ गतेसम्म सबै महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकाहरुमा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एन–प्याब्सनलाई स्मरणपत्र पनि बुझाउने भएको छ । युनियनको आन्दोलनपछि निजी विद्यालयहरुलाई अभिभावकसँग शुल्क अशुल्न सहज हुने देखिन्छ । 

युनियनले अघि सारेका आन्दोलनका कार्यक्रमहरु असोज ११ देखि १३ सम्म मानव संसाधन विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम मन्त्रालयमा अल्टिमेटम पत्र दिने, प्रदेशमा सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम पत्र दिने, असोज १५ गते सबै महानगरपालिका, उप—महानगरपालिकामा १ दिने धर्ना दिने र असोज १८ गते देशभरका प्रमुख सहरहरूमा विरोध ¥याली निकालेर कोणसभा गर्ने रहेका छन् । 

Advertisement

कार्यक्रममा इस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयहरूमा काम गर्ने शिक्षक तथा कर्मचारीहरूलाई अहिलेसम्मको खाईपाई आएको तलब सुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने बताएका छन् । उनले निश्काषित शिक्षक तथा कर्मचारीहरूलाई पुनर्वहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताएका छन् । 

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक तथा कर्मचारीहरूका हकअधिकार सुनिश्चितता गरिनुपर्ने र ऐन, नियम र कानूनमा भएका प्रावधानहरु अक्षरस पालना गरिनुपर्ने बताए । 

कार्यक्रममा ईस्टुका महासचिव भोलानाथ चालिसेले आफूहरुले अघि सारेका जायज माग पूरा गराउनको लागि आन्दोलनका कार्यक्रमलाई नयाँ उचाईबाट अघि बढाईने स्पष्ट पारेका छन् । उनले आजबाट घोषणा गरिएका आन्दोलनबाट माग पूरा नभए आगामी चरणमा शिक्षामन्त्रीको राजीनामा माग्नेगरि आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । 
 

Advertisement

Advertisement