सामाजिक सुरक्षा कोषले ३ महिनाको रकम छिट्टै योगदानकर्ताको नाममा जम्मा गर्ने

Advertisement

काठमाडौँ । सामाजिक सुरक्षा कोषले लकडाउन अवधिभरको रकम योगदानकर्ताको नाममा तत्काल जम्मा गर्ने भएको छ । 

श्रमिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम लकडाउन अवधिभरका लागि नेपाल सरकारले व्यहोर्ने व्यवस्था अनुसार बैशाख, जेठ र असार महिनाको लागि ८५ करोड २३ लाख ४० हजार रुपियाँ नेपाल सरकारबाट राहत स्वरुप प्राप्त भएको कोषले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

Advertisement

साथै साउन महिनाको योगदान रकम समयमै जम्मा गर्न समेत कोषले अनुरोध गरेको छ ।

 

Advertisement

Advertisement