धरान उपमहानगरपालिकाको कर भुक्तानी अब कनेक्ट आईपीएसमार्फत गर्न सकिने

Advertisement

काठमाडौं । धरान उपमहानगरपालिकाको कर भुक्तानी अब कनेक्ट आईपीएसमार्फत गर्न सकिने भनेको छ । यससँगै स्थानीय सरकारको कर भुक्तानी समेत अनलाईनबाटै गराउन सुरुवात भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ । 

धरान उपमहानगरपालिकाका जनताले तिर्नुपर्ने सबै कर भुक्तानी कनेक्ट आईपीएस इपेमेन्टमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी भएको भन्दै कम्पनीले धरान उपमहानगरपालिकालाई कनेक्ट आईपीएसलाई राष्ट्रिय वाणिज्य बैंकमार्फत आबद्ध गराइएको जानकारी दिएको छ । 

Advertisement

यस सुविधासँगै करदाताले उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गरी कनेक्ट आईपीएसमार्फत अनलाईनबाटै भुक्तानी गर्न सक्नेछन् । साथै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । 

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समेत जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम भइरहेका बेला सुरु भएको अनलाईन भुक्तानी प्रणालीले थप सहजता हुने कम्पनीले जानकारी दिएको छ । यस उपमहानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालयमार्फत एक पटक मोवाईल नम्बर र ईमेल ठेगाना आवद्ध गरी सकेपछि इसर्भिस डट धरान डट जीओभी डट एनपीमा गई आप्mनो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै आफ्नोे बंैक खाताबाट कनेक्ट आईपीएसमार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् । 

यसरी अनलाईन कर तिर्नका निम्ति करदाताले कनेक्टआईपीएस प्रणालीमा पनि आफू अथवा भुक्तानी गर्न सहयोग गर्ने व्यक्ति आबद्ध भएको हुनुपर्ने हुन्छ । 
 

Advertisement

Advertisement