‘हिउँचितुवा’को रुपमा परिचित विश्व किर्तिमानी आङरिता शेर्पाको निधन

Advertisement

काठमाडौं । ‘हिउँचितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको सोमबार बिहान ७२ बर्षको उमेरमा निधन भएको छ । विना अक्सिजन १०औँ पटकसम्म सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राख्न सफल शेर्पा आफ्नै निवास जोरपाटीमा निधन भएको उनका आफन्तहरुले बताएका छन् । 

शेर्पाको पार्थिव शरीर शेर्पा गुम्बामा लैजाने तयारी गरिएको छ । सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पालाई बौद्धधर्मानुसार दाहसंस्कार गर्न लागिएको हो । 

Advertisement

सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर पाकिस्तानको माउन्ट केटु, नेपालकै चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत हिमाल विनाअक्सिजन आरोहण गर्न सफल आरोही  शेर्पामा केही बर्षदेखि चर्चाशुन्य थिए । 

Advertisement

Advertisement