सुनिलको ‘तिमी भित्र’ बोलको गीतको भिडियो सार्वजनिक

Advertisement

काठमाडौं । गायक सुनिल थापा मगरको ‘तिमी भित्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुनिलकै अभिनय रहेको भिडियोमा सुस्मिता खड्काले साथ दिएकी छिन् । 

उक्त गीतको शब्द डीपी खनालको र संगीत विनय कार्कीको रहेको छ । गीतमा गायिका सोभा तामाङले साथ दिएकी छिन् । गौरव गिरीको निर्देशन रहेको उक्त भिडियो दीपक गिरीले छायांकन र अनिल रानाले सम्पादन गरेका हुन् । 

Advertisement

यसअघि सुनिलको ‘नेपाली सेलो पप गीत लेकैमा’, ‘छातीभरि देश बोकी’, ‘नसालु’ लगायतका गीत सार्वजनिक भइसकेका छन् । 

https://www.youtube.com/watch?v=np8cTTe21qI&feature=emb_title

Advertisement

Advertisement