किशोर भण्डारीको ‘अड्डा' डिस होम कमेडी प्लस च्यानल १०७ मा आउँदै

Advertisement

काठमाडौँ । किशोर भण्डारी ‘डिट्ठा साब’ले निर्माण गरेको ‘अड्डा’ टेलिसिरियल डिस होमको कमेडी प्लस च्यानल नम्बर १०७ मा मंगलबार राती ९ बजे प्रशारण हुने भएको छ । 

महको मह चौतारीबाट अभिनय यात्रा सुरु गरेका किशोरले तीतोसत्य, जिरेखुर्सानी, मेरीबास्सै हास्य टेलिसिरियल र ५० चलचित्रमा अभिनय गरेका छन् । ५२ घुस्सा ५३ ठक्कर टेलिसिरियलमा लेखन÷अभिनय गर्दा रेश्मा तिमल्सिना ‘बनुमैचा’सँग भेट भएपछी ‘हर्के हल्दार’ निर्माणसँगै ‘डिट्ठा साब’मा निर्देशन सहयोगी, चलचित्र चङ्गामा निर्माता हुँदै अड्डा सम्म साथ दिदै आएकी छिन् । 

Advertisement

यस्तैमा कलाकार किशोर भण्डारी पनि हास्यश्रृंखला ‘अड्डा’ को तयारीमा जुटेका छन् । यसअगाडि गत ९ भदौबाट प्रसारमा आउने तय भएको यो श्रृंखला सरकारले ३ भदौबाट जारी गरेको  निषेधाज्ञाका कारण छायाँकन हुन नसकेपछि प्रसारण स्थगित भएको थियो । अब भने असोजको पहिलो साता मंगलबारबाट यो श्रृंखला प्रसारणमा आउने भएको छ । 

‘केही दिनदेखि स्वस्थ्य सुरक्षाको सम्पूर्ण उपाय अपनाएर ‘अड्डा’ छायाँकन गरेका छौं’ किशोरले भने– सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखेर थोरै ब्यक्तिको उपस्थितिमा श्रृंखला छायाँकन भइरहेको छ । 

लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीले यस अगाडि ‘डिट्ठा साब’ निर्माण गरेका थिए । 

सामाजिक कथामा निर्माण हुने ‘अड्डा’ले हरेक मानिसको सरोकारको विषयवस्तु उठाउने छ । ‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउँछन् कि दुःख । यी सबै बिषय रमाइलो ढंगबाट देखाउने प्रयास गरिनेछ’ भण्डारीले कथाको बिषयमा बताए ।

अड्डामा किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्रसाद जित्पुरे, लीला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, विक्रमजङ शाह, अजय अधिकारी सुशील, सुशील फुयाल, कुशल खनाल, श्यामबहादुर समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामालगायतको कलाकारको अभिनय देख्न सकिनेछ ।

प्रवेश पोखरेलको छायांकन, दुर्लभ श्रेष्ठको सम्पादन, समीर मिया को भीएफएक्स,  वसन्त सापकोटाको स्वर ÷संगीत, पुष्प अवस्थीको मुख्य सहायक निर्देशन, रेश्मा तिमल्सिनाको निर्देशन सहयोग रहनेछ ।

Advertisement

Advertisement