हुण्डाईको ‘नयाँ क्रेटा–दि अल्टिमेट एसयूभी’ नेपाली बजारमा, कुन भेरियन्टको मूल्य कति ?

Advertisement

काठमाडौँ । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले निकै प्रतिक्षारत हुण्डाईको नयाँ क्रेटा ‘दि अल्टिमेट एसयूभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी ‘क्रेटा(दि अल्टिमेट एसयूभी’ नेपालमा सार्वजनिक गरिएको हो ।

नयाँ क्रेटाको बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, “वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा( दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको  परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।”

Advertisement

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एस.यू.भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ “दि अल्टिमेट एसयूभी” बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एसयूभि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो ।

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिन । ट्रान्समिसनको अप्सनमा ६–स्पिड रहेको छ,  जुन सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ, साथै अप्स्नल १.५ लिटर डिजेल इन्जिनका लागि टोरक्यू कन्भर्टर र १.५ पेट्रोल मोटरको लागि आईभीटी अटोमेटिक रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ ।

कुन भेरियन्टको मूल्य कति ? 

S.N

Variant

Price (NRS)

1

Creta 1.5 EX Petrol

48,96,000/-

2

Creta 1.5 S Petrol

52,96,000/-

3

Creta 1.5 SX Petrol

59,96,000/-

4

Creta 1.5 SX CVT Petrol

65,96,000/-

5

Creta 1.5 E Diesel

43,96,000/-

6

Creta 1.5 S Diesel

54,96,000/-

Advertisement

Advertisement