पाँच दिनकै बीचमा ३४ लाख २० हजार कित्ता आईपीओ निष्काशन हुँदै, कुन कम्पनीमा कति भर्ने ?

Advertisement

काठमाडौँ । पाँच दिनको बीचमा दुई कम्पनीका ३४ लाख २० हजार कित्ता साधारण शेयर(आईपीओ) निष्काशन हुँदैछ । शेयरमा लगानी गर्न इच्छुकहरुले छिट्टै पैसाको जोहो गर्नुहोला । 

भोलिदेखि युनाईटेड इदी–मर्दी एण्ड आरबी हाइड्रोपावरको रु. १०० अंकित मूल्यको ४ करोड २० लाख रुपियाँ बराबरको ४ लाख २० हजार कित्ता र त्यसको ५ दिन पछि अर्थात असोज ११ गते जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपियाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन हुने भएको हो । 

Advertisement

युनाईटेडको आईपीओ भोलिदेखि

युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपीओ असोज ७ गतेदेखि निष्काशन हुने भएको हो । आयोजना प्रभावित स्थानीयहरुका लागि कम्पनीले ४ करोड २० लाख मूल्य बराबरका ४ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीको आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असोज ११ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ ।
 
कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।  युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको आइपीओलाई केयर रेटिङबाट बीबी प्लस रेटिङ पाएको छ । 

कम्पनीले ७ मेगावाटको माथिल्लो मर्दि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रति मेगावाट उत्पादन लागत २० करोड ३९ लाख ७६ हजार एक सय ४२ रुपैयाँ रहेको छ । कम्पनीले पे ब्याक पिरियड ८.०९ वर्ष रहेको जनाएको छ । 

आगामी आइतबार जनरल इन्स्योरेन्सको आईपीओ निष्काशन हुने
यता आगामी आइतबार जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ निष्काशन हुने भएको छ । असोज ११ गतेदेखि प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको आइपीओ निष्काशन गर्न लागेको हो । 

न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ३० लाख कित्तामध्ये एक लाख ५० हजार कित्ता अर्थात पाँच प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यस्तै, एक लाख २० हजार कित्ता अर्थात ४ प्रतिशत भने कर्मचारीका लागि छुट्याएको छ । बाँकी २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणका लागि हो । 

कम्पनीको आइपीओ निष्काशनका लागि एआइबीएल एस क्यापिटल बिक्रि  प्रबन्धक रहेको छ । छिटोमा असोज १४ गते र ढिलोमा २५ गते आइपीओ निष्काशन बन्द हुनेछ । ३० करोड रुपैयाँको आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ । जनरल इन्स्योरेन्सको प्रति सेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ ।

तलको लिंक पनि क्लिक गर्नुहोलाः  

सानिमा जनरलले ३० करोड रुपियाँको आईपीओ जारी गर्ने, बोर्डबाट पायो स्वीकृति 

Advertisement

Advertisement