नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीलाई ‘प्रलेस प्रतिभा पुरस्कार’

Advertisement

काठमाडौँ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष तथा लेखक वासुदेव अधिकारीलाई  ‘प्रलेस प्रतिभा पुरस्कार-२०७७’ प्रदान गरिएको छ । 

प्रगतिशील लेखक सङ्घको ६९ औँ स्थापना दिवसका अवसरमा सोमबार  ‘प्रलेस प्रतिभा पुरस्कार–२०७७’ कवि अधिकारीलाई प्रदान गरिएको हो । 

Advertisement

भर्चुअलरुपमा आयोजित कार्यक्रममा नेकपा (माले) का महासचिव सिपी मैनालीले रु दश हजार राशिको सो पुरस्कार प्रतीकात्मकरुपमा हस्तान्तरण गरे । कवि तथा समालोचक अधिकारीको हालै कोरोनाविशेष ‘बस्तीमा आगो’ सङ्ग्रह प्रकाशित छ ।

सो अवसरमा नेता मैनालीले सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको इतिहास बोकेका प्रगतिशील स्रष्टाले देशको सीमा अतिक्रमणको विरोध र राष्ट्रियताको संरक्षणका लागि कमल चलाउनुपर्ने बताए । 

पूर्वमन्त्री तथा प्रलेसका सल्लाहकार शान्ता मानवीले प्रगतिशील संस्कारयुक्त समाज निर्माणका लागि प्रगतिशील साहित्यले लगातार भूमिका खेल्दै आइरहेको बताइन् । 

प्रलेसका केन्द्रीय अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले पुरस्कृत प्रतिभालाई उनको निवासमा सम्मानपत्र र राशि उपलब्ध गराइने जानकारी दिए । कार्यक्रममा कवितावचनसमेत गरिएको थियो ।

Advertisement

Advertisement