शेयर बजारमा पहिरो, २२.९१ अंकले नेप्से घट्दा २ अर्ब ७६ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज २२.९१ अंकले शेयर बजार घटेको हो । १.४६ प्रतिशतले घट्दा नेप्से परिसूचक १५४६.१५ अंकमा झरेको छ । 

Advertisement

नेप्सेका अनुसार आज १९९ कम्पनीका ७७ लाख २१ हजार ९ सय ५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७६ करोड ५४ लाख ७९ हजार ५ सय ६३ रुपियाँ बराबरको कारोबार भएको छ । 

शेयर बजारमा पहिरो गएको गएको दिन सबै समूह राताम्मे भए ।

आज युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८८ प्रतिशतले घाटा ब्यहोरेका छन् । 

साताको पहिलो दिन आइतबार ३ अंकले बढेको शेयर बजार दोश्रो दिन हिजो सोमबार ६.१२ अंकले घटेको थियो भने आज तेश्रो दिन आज अझै निराशाजनक रुपमा २२.९१ अंकले घटेको हो । 
 

Advertisement

Advertisement