बैंक तथा वित्तीय संस्थाको समग्र अध्ययन गर्न अर्थ समितिले गठन गर्यो उपसमिति

Advertisement

काठमाडौँ । बैंकको निक्षेप र कर्जा लगानीको अवस्था विश्लेषण गरी बैंक र ग्राहकका समस्या र समाधानका सुझाव सिफारिस गर्न गर्न अध्ययन उपसमिति गठन भएको छ । 

प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले साँसद जुलीकुमार महतोको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको अन्य सदस्यहरुमा साँसदहरु तुल्सी थापा, प्रमिला राई, महन्थ ठाकुर, श्यामकुमार श्रेष्ठ र हेमकुमार राई रहेका छन् । 

Advertisement

चार महिना भित्र सम्बन्धित विषयमा अध्ययन गरी सोको प्रतिवेदन पेश गर्न उक्त उपसमिति गठन गर्ने निर्णय गरेको समितिका सभापति कृष्णप्रसाद दाहालले जनाएका छन् । 

विकास बैंक र वित्त कम्पनीका निक्षेप परिचालन, कर्जा लगानीका क्षेत्र, लघुवित्त कम्पनीहरुसँग सम्बन्धित समस्याहरु, ४ वर्षका बैंक र वित्तीय संस्थाहरुको भौगोलिक र विषयगत कार्यक्षेत्रमा दोहोरो नपर्ने गरी गर्नु पर्ने परिवर्तन, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा र त्यसको उपयोग  तथा औद्योगिक वा व्यवसायिक प्रतिष्ठानहरुले लिएको ऋण तोकिएको प्रयोजनमा उपयोग भएनभएको अध्ययन गरी सुझाव सिफारिस गर्न कार्यक्षेत्र निर्धारण गरिएको सभापति दाहालले उल्लेख गरे । 

त्यसैगरी आजै सम्पन्न अर्थसमितिको बैठकले साँसद पदम गिरीको संयोजकत्वमा गोकर्णराज विष्ट, जयकुमार राई, रामकुमारी झाँक्री, रामबाबुकुमार यादव र शशांक कोइराला सदस्य रहेको राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन अध्ययन उपसमिति गठन गरेको हो । 

त्यस्तै सत्या पहाडी संयोजक तथा चुडामणी खड्का, निरादेवी जैरु, डा. बाबुराम भट्टराई, विष्णुप्रसाद पौडेल र सरवत आरा खानम हलवाइन सदस्य रहेको सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरबका आयोजना अध्ययन उपसमिति गठन भएको छ । 

त्यसैगरी मेटमणि चौधरी संयोजक तथा किशोरसिंह राठौर, सुरेन्द्रप्रसाद पाण्डे, हरिराज अधिककारी र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेको समष्टिगत आर्थिक नीति अध्ययन उपसमिति गठन गरेको अर्थ समिति सचिवालयले जनाएको छ । 
 

Advertisement

Advertisement