सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ घट्यो, अझै घट्ने आँकलन

Advertisement

काठमाडौँ । साताको पहिलो दिन स्थिर र दोश्रो दिन सोमबारप्रतितोला २ सय रुपियाँ बढेको सुनको मूल्य हिजोबाट भने ओरालो लाग्न थालेको छ । हिजो प्रतितोला १ हजार ७ सय रुपियाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला १ हजार २ सय रुपियाँ घटेको हो । चाँदीको मूल्य समेत हिजो अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रुपियाँ घटेको थियो भने आज पुनः प्रतितोला ४० रुपियाँ घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपियाँ र चाँदी  प्रतितोला १ हजार २ सय ३० रुपियाँमा कारोबार भएको थियो ।  त्यसैगरी सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ७ रुपियाँ र चाँदीप्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भएको थियो ।  

यता साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९७ हजार रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ५ रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भएको थियो ।  

विश्व बजारमा सुनचाँदीको मूल्य ओरालो झरेकाले त्यसैको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । सुनचाँदीको मूल्य अझै घट्ने आँकलन गरिएको छ । 

Advertisement

Advertisement