विश्व कीर्तिमानी आङरिता शेर्पालाई राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टि

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गरेका थिए । 

शेर्पाको आज बिहान टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । राष्ट्रिय झण्डा ओढाएपछि सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

Advertisement

हिउँ चितुवाको रुपमा परिचित आरोही शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य अग्ला हिमालहरु बिना अक्सिजन पटक पटक आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । उनको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो  । 

Advertisement

Advertisement