शेयर बजारमा गएको पहिरो थामियो, कारोबार रकम भने घट्यो

Advertisement

काठमाडौँ । शेयर बजारमा हिजो गएको पहिरो आज भने थामिएको छ । हिजो २२.९१ अंकले घटेको शेयर बजार आज भने करेक्सन हुँदै ९.३७ अंकले बढेको छ । ०.६१ प्रतिशतले बढ्दा नेप्से परिसूचक १५५५.५२ अंकमा उक्लिएको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १९४ कम्पनीका ५८ लाख ६२ हजार ६ सय १७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

शेयर बजार थामिएको दिन आज होटल्स समूह मात्रै राताम्मे भएको छ, बाँकी समूहमा भने हरियाली छाएको छ । आज शिखर इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भएको छ । शिखरको १० करोड ८५ लाख ९८ हजार ४५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

आज शेयर बजार करीब दोहोरो अंकले बढे पनि कारोबार रकम भने घटेको छ । हिजो २२.९१ अंकले शेयर बजार घट्दा २ अर्ब ७६ करोड ५४ लाख ७९ हजार ५ सय ६३ रुपियाँ बराबरको कारोबार भए पनि आज भने १ अर्ब ७२ करोड रुपियाँको मात्रै शेयर कारोबार भएको हो । साताको पहिलो दिन आइतबार २ अर्ब ७३ करोड ९३ लाख २८ हजार २० रुपियाँ र दोश्रो दिन सोमबार २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २ सय १६ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो । 

साताको पहिलो दिन आइतबार ३ अंक बढेको शेयर बजार सोमबार ६.१२ अंक र हिजो तेश्रो दिन मंगलबार २२.९१ अंकले घटेको शेयर बजारमा आज करेक्सन हुँदै ९.३७ अंकले बढेर लगानीकर्ताहरुमा आशा जनाएको छ । 

Advertisement

Advertisement