स्याङ्जामा पहिरो, एकै घरका ९ जना घरभित्रै पुरिए
साँकेतिक तस्वीर

Advertisement

स्याङ्जा । केही दिनदेखिको अबिरल बर्षासँगै खसेको पहिरोले वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको पुरिएको छ । पहिरो खस्दा माया परियारको घरका ९ जना घर भित्रै परेका हुन् ।

बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीयले जनाएका छन् । स्थानीय एक समाजसेवी राजु कुँवरका अनुसार उक्त घरमा १० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको छ । 

Advertisement

पहिरो खस्ने क्रम जारी रहेकाले उद्दारमा समस्या भएको जनाइएको छ । प्रहरी र स्थानीयबासी उद्धारमा लागेका छन् । 

Advertisement

Advertisement