नेपाल इन्भेष्टमेण्ट र सिटी एक्सप्रेसको एसजीएम एकैदिन, सिटीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरिने

Advertisement

काठमाडौँ । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको विशेष साधारण सभा(एसजीएम) असोज २८ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय घण्टाघरमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

विशेष साधारण सभाले सिटीलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । दुबै कम्पनीको मर्जर/प्राप्ति कमिटी र सञ्चालक समितिबाट स्वीकार गरिए अनुसार सिटीको १०० कित्ता शेयर बजार नेपाल इन्भेष्टमेन्टको ३० कित्ता शेयर कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरिने छ । 

Advertisement

सिटीलाई नेपाल इन्भेष्टमेण्टले प्राप्ति गर्ने सम्बन्धमा २०७६ पुस २८ गने सहमति भएको र पुस २७ गतेसम्म कारोबार भई नामसारी भई शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् । यो विशेष साधारण सभा भिडियो कन्फरेन्स मर्फत गरिने जनाइएको छ । 

यसैबीच, नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारण सभा पनि असोज २८ गते नै हुने भएको छ । बैंकको विशेष साधारण सभाले सिटी फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

विशेष साधारण सभा प्रयोजनका लागि असोज १६ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म शेयर दाखिल खारेज बन्द(बुक क्लोज)  गर्ने निर्णय भएको कम्पनी सचिव सुधीरमान श्रेष्ठले जनाएका छन् । 
 

Advertisement

Advertisement