सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य ३ दिनदेखि लगातार ओरालो लागेको छ । आज पनि सुन प्रतितोला एक हजार २ सय रुपियाँ र चाँदी प्रतितोला ७० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय २० रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भएको थियो । 

साताको पहिलो दिन स्थिर र दोश्रो दिन सोमबार प्रतितोला २ सय रुपियाँ बढेको सुनको मूल्य मंगलबारबाट भने ओरालो लाग्न थालेको छ । 

मंगलबार प्रतितोला १ हजार ७ सय रुपियाँ घटेको सुनको मूल्य बुधबार हिजो पनि प्रतितोला १ हजार २ सय रुपियाँ घटेको थियो । चाँदीको मूल्य समेत मंगलबार प्रतितोला ९० रुपियाँ घटेको थियो भने हिजो पुनः प्रतितोला ४० रुपियाँ घटेको थियो ।  

विश्व बजारमा सुनचाँदीको मूल्य ओरालो झरेकाले त्यसैको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । सुनचाँदीको मूल्य अझै घट्ने आँकलन गरिएको छ । 

Advertisement

Advertisement