साताको शेयर बजारः १०.९१ अंकले घट्यो, १२ अर्ब १० करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजार आज ५.७४ अंकले बढे पनि समग्रमा यो साता १०.९१ अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार साताको पहिलो दिन ३ अंकले बढेको बजार सोमबार ६.१२ र मंगलबार २२.९१ अंकले घटेको थियो । चौथो दिन हिजो बुधबार पुनः ९.३७ अंक र आज अन्तिम दिन ५.७४ अंकले बजार बढेको छ । 

Advertisement

१२ अर्ब १० करोडको कारोबार
नेप्सेका अनुसार यो साता शेयर बजारमा १२ अर्ब १० करोड ३४ लाख ९४ हजार ५ सय ३० रुपियाँ बराबरको शेयर कारोबार भएको छ । 
पहिलो दिन आइतबार २ अर्ब ७३ करोड ९३ लाख २८ हजार २० रुपियाँ, सोमबार २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २ सय १६ रुपियाँ, मंगलबार १ अर्ब ७६ करोड ५४ लाख ७९ हजार ५ सय ६३ रुपियाँ, बुधबार १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपियाँ र अन्तिम दिन आज विहीबार २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

अन्तिम दिन ५.७४ अंकले बढ्यो नेप्से
यता साताको अन्तिम दिन आज शेयर बजार ५.७४ अंकले बढेको छ । ०.७४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५६१.२७ अंकमा उक्लिएको छ । आज १९३ कम्पनीका ८९ लाख ७१ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 


शेयर बजारमा आज बैंकिङ समूह, ट्रेडिङ समूह, होटल समूह, जलविद्युत समूह, वित्त समूह र अन्य समूहमा हरियाली छायो भने बाँकी समूह राताम्मे भए । 

गत साता भने ५१.४९ अंकले शेयर बजार बढ्दा १३ अर्ब ८६ करोडको कारोबार भएको थियो । त्यसैगरी अघिल्लो साता पनि १०.२७ अंकले नेप्से परिसूचक बढ्दा ८ अर्ब ९० करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।  

Advertisement

Advertisement