सनराइज बैंकको डिजिटल टेलर सेवा सुरु, चेक र एटिएम नभएपनि नगद झिक्न मिल्ने

Advertisement

काठमाडौँ । सनराइज बैंकले नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । 

यस सेवाको सुरुवात सँगै बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोडस्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । 

Advertisement

यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोडस्क्यान गरी एक दिनमा १ लाख रुपियाँ र प्रति महिनामा १० लाख रुपियाँ सम्म नगद निकाल्न सक्नेछन् । 
      
पेपरलेस बैंकिङतर्फ उन्मुख बैंकको पछिल्लो कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ । 


 

Advertisement

Advertisement