ज्योति लाईफ चौथो वर्षमा प्रवेश, तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब बीमा शुल्क संकलन

Advertisement

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो वर्ष सफलताका साथ पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । 

घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनीको रुपमा व्यवसाय प्रारम्भ गरेको कम्पनीले २०७६ बैशाख २५ गतेदेखि सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध अधिकतम रु. ५० लाखसम्मको सुविधा दिने एक मात्र कम्पनी बन्न सफल भएको जनाएको छ । 

Advertisement

११७ वटा शाखा सञ्जाल सहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । 

आइएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रमाण पत्र यस कम्पनीले बीमितहरुलाई बोनस बृद्धि सहित सल्भेन्सी अनुपात १.८३ कायम गरेको छ भने कुल लगानी रु. ३.५० अर्ब र रु. २ अर्बको जीवन बीमा कोष बनाउन सफल हुँदै चौथो बर्षमा प्रवेश गरेको छ । 

यस अवसरमा समस्त बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमक निकाय तथा शुभचिन्तकहरुलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा यहाँहरुको निरन्तर साथको अपेक्षा रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाशबिक्रम खत्रीले जानकारी गराए । 
 

Advertisement

Advertisement