बाढी पहिरोले दर्जन बढि सडक अवरुद्ध

Advertisement

काठमाडौं । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी रहेको छ ।

सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ । अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।

Advertisement

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक चार किलोमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलोमा भने एकतर्फी मात्र गाडी चलेको छ । पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सडक खुलेको छ । सो स्थानमा बुधबार बिहानदेखि नै पहिरोले सडकमा अवरोध सिर्जना गरेको थियो ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement