फोर्स मोटर्स किन्दा ‘दशैं आर्शिवाद’, ९ महिनासम्म किस्ता तिर्नु नपर्ने

Advertisement

काठमाडौँ । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दशैं र तिहारको अवसरमा ‘दशैं आर्शिवाद’ भन्ने उपहार योजना सार्वजनिक गरेको छ ।

अफर अन्र्तगत फोर्स मोटर्सको १४ सिट क्षमताभएको ट्राक्सक्रुजर जीप खरिदमा “९ महिनासम्म किस्ता व्याज तिर्न नपर्ने”, रु ९ लाख मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने” अथवा “स्क्रायाच कुपन मार्फत रु. २ लाख देखि १० लाख सम्म पक्का” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।
यसैगरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा “८ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने”, रु ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्न ” अथवा “स्क्रायाच कुपन मार्फत रु १ देखि ५ लाख सम्म पक्का ” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ । 

Advertisement

यसैगरी ट्राभलर (टी२) २६ सिट क्षमता भएको मिनीबसको खरिदमा “७ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने” , “रु १२ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने” अथवा “स्क्रायाच कुपन मार्फत रु २ देखि ६ लाख सम्म पक्का ” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

बिगत ७ बर्ष देखि फोर्स मोटर्स लि.ले नेपालमा आफ्नो आधिकारीक आयत कर्ता÷विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि मार्फत आफ्ना गाडिहरुको बिक्री वितरण गर्दै आईरहेको छ । उक्त कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख किमिको इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जीप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडिहरुको आयात तथा विक्रि वितण गर्दै आएको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैह्रिधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौँडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको विर्तामोडमा, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु विक्रि वितरणमा ल्याइरहेको छ । यी शोरुममा बिक्री पछिका सेवाहरु(थ्री एस) सहितको सुविधा रहेको छ ।
 

Advertisement

Advertisement