उपत्यकाका ६४५ सहित १३१३ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

Advertisement

काठमाडौँ । एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । 

आज थपिएकासहित कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । यी मध्ये ५१ हजार ८ सय ६६ जना कोरोना मुक्त भएका छन् । आजैमात्र एक हजार ४ सय ५५ जना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार २ सय ८९ छ । 

Advertisement

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आजमात्रै ६ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा मोरङका २, सप्तरी, ललितपुर, काठमाडौँ र कपिलवस्तुका १–१ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय ५९ जनाको मृत्यु भएको छ । 

आज थपिएका मध्ये काठमाडौँ उपत्यकाका मात्रै ६ सय ४५ छन् । ती मध्ये काठमाडौँका ५०३ जना, ललितपुरका ९१ जना र भक्तपुरका ५१ जना छन् । 
 

Advertisement

Advertisement