लकडाउनले पोखरामा जन्माएको बरदान अनलाइन स्टोर

Advertisement

काठमाडौँ । लकडाउनको अवधिमा सुरु भएको बरदान अनलाइन  स्टोरले पोखरामा लकडाउन सुरु भएपछिको विषम परिस्थितिमा खाद्यान्नदेखिे अति आवश्यक वस्तुको होम डेलिभरी सुरु गर्यो । बरदानले  पोखराबाट सुरु गरेको ब्यवसाय छोटो समयमै राम्रो लोकप्रियता पाएपछी लकडाउन अबधिमै चितवनमा पनि सेवा बिस्तार गरेर होमडेलिभरी सुरु भएको थियो । 

लकडाउन सुरु भएसँगै बैशाखबाट होम डेलिभरी सेवा दिन थालेको स्टोरका कर्याकारी प्रमुख सन्जिब पौडेलले बताए । ‘अहिले पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन्,’ उनले भने, ‘छिटै काठमाडौं र बुटवलमा पनि सुरु गर्ने योजना छ। बरदान उपत्यका बाहिर सञ्चालन भई आक्रमक व्यापार गरिरहेको पहिलो अनलाइन स्टोर हो।’ 

Advertisement

बरदानले पोखरा र चितवनमा आफ्नो कार्यालयको १५ किलोमिटरको दायरमा रहेका उपभोक्तालाई निशुल्क होम डेलिभरी सेवा दिइरहेको उनले बताए । वरदानले स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखी बाह्य सामान पनि होम डेलिभरी गरिरहेको  उनले बताए । लकडाउनको अवधिमा सुरु भएको बरदान स्टोरले हालसम्म २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । 

बरदानमा सपिङ गर्न आधिकारिक वेबसाइटमा आफुले चाहेको सामान अर्डर गर्न सकिन्छ । साथै ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ। ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक बैभब पौडेलले बताए । बरदान स्टोरबाट सामान खरिद गरेपछि इ(सेवा, खल्ती, कनेक्ट आइपिएस, आएमई पे, बैकंका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ । त्यस्तै सामान किनिसकेपछि  नगद रुपैयाँ तिर्न  सकिनेछ ।  

दशैंलाई लक्षित गर्दै बर्दानले विभिन्न छुट तथा आकर्षक उपहारहरु पनी छिटै बजारमा ल्याउदै छ । हाल बरदान स्टोरले किराना, बच्चाकाको लागि खाना, सुरक्षा, चकलेट, सफा गर्न प्रयोग गरिने बस्तु, विद्युतीय सामाग्री, मोबाइल फोन, नेपाली तथा अङ्ग्रेजीका किताब, खानेकुरा, गर(गहना, घडि(चस्मा, भान्साका सामाग्रीहरुको होम डेलिभरी गरिरहेको छ । केही दिनमै मदिराको समेत बिक्रि सुरु गरिने पौडेलले बताए ।

Advertisement

Advertisement