सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ सेवा बाँकेको सीतापुरमा

Advertisement

काठमाडौँ । सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

आज आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा उद्घाटन भएको थियो । सोही समारोहमा प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।  

Advertisement

उक्त कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मण्डल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । 
 

Advertisement

Advertisement