१२०७ थपिए, ११४७ घर फर्किए

Advertisement

काठमाडौं । गएको २४ घण्टामा एक हजार २०७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । देशभर १० हजार १९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु थपिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासहित कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । आज एक हजार १४७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । 

Advertisement

Advertisement

Advertisement