जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपियाँको आईपीओ खुला, कति कित्ता भर्ने ?

Advertisement

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । आजदेखि प्रति कित्ता एक सय रुपियाँ मूल्य अंकित ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको आईपीओ निष्काशन खुला भएको हो ।  

उक्त कम्पनीको आईपीओका लागि न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ३० लाख कित्तामध्ये एक लाख ५० हजार कित्ता अर्थात पाँच प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यस्तै, एक लाख २० हजार कित्ता अर्थात ४ प्रतिशत भने कर्मचारीका लागि छुट्याएको छ । बाँकी २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणका लागि हो । 

Advertisement

कम्पनीको आइपीओ निष्काशनका लागि एआइबीएल एस क्यापिटल बिक्रि  प्रबन्धक रहेको छ । छिटोमा असोज १४ गते र ढिलोमा २५ गते आइपीओ निष्काशन बन्द हुनेछ । 

३० करोड रुपैयाँको आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ । जनरल इन्स्योरेन्सको प्रति सेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement