आरम्भ चौतारी, सिवाईसी र शालिग्राम लघुवित्त मर्जर हुने, सहमति पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्त एक आपसमा गाभिने(मर्जर) हुने भएका छन् । 

यी तीन लघुवित्तबीच एक आपरमा गाभ्ने/गाभिने(मर्जर) सम्बन्धी सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको आरम्भ चौतारीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जनाएका छन् । 

Advertisement

सहमति पत्रमा आरम्भ चौतारीका अध्यक्ष जगतबहादुर पोख्रेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्णबहादुर थापले हस्ताक्षर गरेका हुन् । 

मर्जर सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएकाले आजदेखि शेयर कारोबार रोक्का राखि दिन आरम्भ चौतारीले नेप्सेलाई पत्र पठाएको छ । 

Advertisement

Advertisement