युनिलिभर नेपाल लिमिटेडको लाभांश ह्वात्तै घट्यो, शेयरधनीले प्रतिकित्ता रु. १०० मात्रै पाउने

Advertisement

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलार्ए प्रतिकित्ता १०० रुपियाँका दरले नगद लाभांश दिने भएको छ । 

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १ कित्ता सेयर बराबर १०० रुपियाँ नगद लाभांश दिने निर्णय गरेको कम्पनी सचिव एलिना आचार्यले बताइन् । 

Advertisement

कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७७० रुपियाँ नगद लाभांश दिएको थियो ।  

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने कम्पनी सचिव आचार्यले उल्लेख गरिन् ।  

Advertisement

Advertisement