४.२९ अंकले बढ्यो शेयर बजार, सोल्टी होटलको करीब आधा अर्बको शेयर किनबेच

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ४.२९ अंकले बजार बजार बढेको हो । ०.२७ प्रतिशतले बढ्दा नेप्से परिसूचक १५६५.५५ अंकमा उक्लिएको छ । 

नेप्सेका अनुसार आज १९१ कम्पनीका १ करोड, ९९ लाख ७२ हजार ३ सय ११ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३ सय ७१ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज बजार बढे पनि बैंकिङ, होटल, विकास बैंक, वित्त र म्युचुअल फण्ड समूह मात्रै हरियाली भए, बाँकी अरु समूह भने राताम्मे भए ।  

आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको शेयर किनबेच भएको छ । सोल्टीको ४८ करोड ५६ लाख ५२ हजार ८ सय ७९ रुपियाँ ३६ पैसा बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।