कोरोना अपडेटः १५७३ संक्रमित थपिए, ८८५ जना मुक्त

Advertisement

काठमाडौँ । एक हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित नियमित प्रेस ब्रिफिङ मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

आज थपिएकासहित कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ती संक्रमित मध्ये ५३ हजार ८ सय ९८ जना कोरोना मुक्त भएका छन् । आजैमात्र ८ सय ८५ जना कोरोना मुक्त भई घर फर्केको प्रवक्ता गौतमले जानकारी दिए । हाल देशभरमा सक्रिय सक्रमितको संख्या १९ हजार १९ रहेको छ । 

Advertisement

कोरोना संक्रमणका कारण आज १० जनाको मृत्यु भएको छ । आज थपिएकासहित कूल मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आजै काठमाडौँ उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौँका ६३३ जना, ललितपुरका १०४ जना र भक्तपुरका ७२ जना हुन् । 


 

Advertisement

Advertisement