पर्यटन दिवसमा पर्यटन मजदुरहरुले मागे पर्यटन मन्त्रीको राजीनामा

Advertisement

काठमाडौं । विश्व पर्यटन दिवसको दिन पर्यटन मजदुरहरुले पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको राजीनामा माग गरेका छन् । 

नेपाल प्रर्यटन बोर्ड अगाडि प्रदर्शन गर्दै उनीहरुले मन्त्री भट्टराईको राजीनामा माग गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) महामारी र त्यसलाई नियन्त्रण गर्ने नाममा लगाइएको लकडाउनको सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रलाई परेको छ । पर्यटन क्षेत्रमा आवद्ध बिसौं हजार मजदुरहरु बेरोजगार भएका छन् । 

Advertisement

पर्यटन मजदुर संघर्ष समितिको ब्यानरमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले पर्यटन प्रवद्र्धनको प्रतिवद्धता जनाउँदै आफूहरुका हकअधिकारको संरक्षण गर्न माग गरेका थिए । उनीहरुले आफूहरुको रोजगारीको सुरक्षा र अहिलेसम्मको पारिश्रमिक उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

Advertisement

Advertisement