गोद्रेजले सुरु गर्यो चाडपर्वलक्षित योजना, महामारीलाई लक्षित गरी नयाँ उत्पादन बिक्री सुरु

Advertisement

काठमाडौं । नेपालका लोकप्रिय घरायसी ब्राण्डमध्येको एक गोद्रेज एप्लायन्सले नजिकिँदा चाडपर्वहरुलाई लक्षित गरी ‘हेल्दी फर यू, हेल्दी फर द प्लानेट’ नारासहित २५५ सम्मको क्यासब्याक अफर ल्याएको ल्याएको छ । नेपाली बजारमा गोदरेजका सिंगल डोर रेफ्रिजिरेटर, डबल डोर रेफ्रिजिरेटर, वासिङ मेशिन, चेष्ट फ्रिजर जस्ता घरायसी सामग्रीहरु उपलब्ध छन् ।

गोद्रेजले भेरोसिल्ड भन्ने नयाँ सामग्री पनि उत्पादन गरेको छ । नेपाली बजारमा उक्त सामग्रीको बिक्री वितरण शुरू गरिएको छ । अहिलेको महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै भेरोसिल्ड उत्पादन गरेको गोद्रेजले जनाएको छ । 

Advertisement

यसले दुईदेखि छ मिनेटमा कोभिड भाइरसलाई डिस्इन्फेक्ट गर्ने क्षमता राख्दछ । भेरोसिल्डमा खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, ट्याबलेट, वालेट, पर्स, सुनका गहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी, डकुमेन्टलाई भाइरसमुक्त गर्ने गोद्रेजको भनाई छ । 

भेरोसिल्ड ३० लिटर क्षमतामामा नेपाली बजारमा पाईन्छ । यसलाई आईसीएमआर (इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च)ले पनि प्रमाणित गरेको जनाइएको छ । गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी गु्रप अन्तर्गत सिजी इओएल रहेको छ । 

Advertisement

Advertisement