मन्त्रिपरिषद पुनर्गठन अन्योलमा, ओली आलटाल गर्दै, प्रचण्ड हतारिँदै

Advertisement

काठमाडौं । पार्टी स्थायी कमिटीको निर्णय र सचिवालयको म्यान्डेड अनुसार गृहकार्य सुरु भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच सहमति नबन्दा मन्त्रिपरिषद् पुनगर्ठन जटिल बनेको छ । 

मन्त्रिपरिषद् पुनर्गठनमा नेकपाको नीति र नियतमा तालमेल नहुने सम्भावना देखिएकै बेला प्रधानमन्त्री र पार्टी अध्यक्षबीच मापदण्ड र व्यक्तिलाई लिएर मतभेद देखिएपछि पुनर्गठन जटिल बनेको हो ।

Advertisement

मन्त्रिपरिषद् पुनगर्ठनको विषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आइतबार सकरात्मक छलफल नभएको स्रोतको भनाई छ । यसै एजेन्डालाई लिएर ओली र दाहालबीच बिहीबार, शुक्रबार र आइतबार गरी तीनपटक छलफल भैसकेको छ । तर पनि मन्त्रिपरिषद् पुनगर्ठनबारे ठोस मापदण्डमा सहमति भएको छैन जसका कारण मन्त्रिपरिषद् पुनगर्ठन ढिलाई हुँदै आएको छ । २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनका निर्णय लिएको थियो ।

नेकपा उच्च स्रोतका अनुसार व्यापक रुपमा मन्त्रिपरिषद् पुनगर्ठनमा प्रधानमन्त्री अनिश्चछुक देखिनु, दाहाल सकेसम्म धरै मन्त्री परिवर्तनको पक्षमा रहनु, ओली र दाहालमाथि पुराना मन्त्रीको दबाबलगयातका विषयले मन्त्रिपरिषद् पुनगर्ठन जटिल बनेको हो ।

पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्रिपरिषद्‍मा सहभागी गराउने विषयमा पनि प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालबीच मतभेद देखिएको छ ।निश्चत मापदण्ड र कार्यसम्पादन भन्दा पनि प्रधानमन्त्री ओली सीमित व्यक्तिलाई हटाउने र केही मन्त्रालय टुक्रयाएर सानो संख्यामा मन्त्रिपरिषद् पुर्नगठनको पक्षमा छन् । प्रधानमन्त्री ओली आफूनिकट मन्त्रीहरुलाई निरन्तरताको पक्षमा छन् ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement