दशैंको अवसरमा सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड अफर

Advertisement

काठमाडौं । नजिकिँदो दशैंको अवसरमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नामक अफर ल्याएको छ । यो अफरमा बैंकले निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । 

असोज १२ देखि मसान्तसम्म आवेदन दिन सकिने यस योजनामा सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने जनाइएको छ । यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ पोर्टल दराजमा तीन हजार रुपियाँ बराबरको सामान खरिद गर्दा पाँच सय रुपियाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् । 

Advertisement

सानिमा बंैकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Advertisement

Advertisement