चीनले नेपाली भूमि मिच्यो भन्नु प्रोपोगाण्डा हो, बरु भारतले मिच्या छः महेन्द्रबहादुर पाण्डे

Advertisement

काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीनले नेपाली भूमि मिच्यो भन्नु प्रोपोगाण्डा भएको बताएका छन् । चीनको एक अनलाइन संस्करण ग्लोबल टाइन्सलाई दिएको अन्तरवार्तामा पाण्डेले चीनसँगको सीमा विवाद यसअघि नै समाधान भइसकेको बताउँदै तर बरु नेपाली भूमि भारतले मिचेको बताएका हुन् । 

पाण्डेले सीमाको विषय प्रोपोगाण्डा गर्ने विषय होइन् भन्दै तथ्य र प्रमाणका आधारमा यसलाई समाधान गर्नुपर्ने बताए । विशेषगरी भारतीय र भारतनिकटका मिडियाहरुले तथ्यहीन ढंगले पूर्वाग्रही धारणा राखेको भन्दै उनले चीनसँग पहिला सीमा विवाद भए पनि अहिले नरहेको दावी गरेका छन् । 

Advertisement

पाण्डे भन्छन्, ‘चीनसँग सीमा समस्या समाधान गर्‍यौं, अहिले कुनै समस्या छैन ।’ हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्दै समाचार आइरहेको बेला पाण्डेले उक्त तर्क गरेका हुन् । 

सीमा समस्या समाधानका लागि भारतसँग पटक पटक वार्ताको पहल गरे पनि उसले चासो नदिएको बताउँदै पाण्डेले अहिले भने उनीहरुले वार्ता चाहेको बताए । 

राजदूत पाण्डेले नेपाल–चीन रेलमार्गको काम कोरोनाका कारण ढिलाई भए पनि अब गति लिने दावी गरे । उनले रेलमार्ग निर्माण प्रक्रिया के कसरी अगाडि बढाउने ? भन्ने सम्वन्धमा दुवै देशबीच कुरा भइरहेको बताए । 

Advertisement

Advertisement