नेपाल-ओमानबीच छिट्टै श्रम सम्झौता हुने, कामदारको संख्या पनि बढाइने

Advertisement

काठमाडौँ । ओमानका  श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइन र   नेपाली राजदूत शर्मिला पराजुलीले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गरेका छन् । दुवै  पक्षले आजको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ । 

सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताए । 

Advertisement

यस्तै राजदूत पराजुलीले सन् २०२० को शुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमानसम्बन्धी प्रतिवेदनका बारेमा पनि जानकारी गराएकी थिइन् ।  

Advertisement

Advertisement