सात स्थानमा कृषि केन्द्र स्थापना गर्न इजरायलले सघाउने

Advertisement

काठमाडौं । सरकारले एशियाली विकास बैंकबाट करिब १८ अर्ब नेपाली रुपयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। 

मन्त्रिपरिषदको बैठकले उक्त उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव ं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । बैठकले मुलुकका सात स्थानमा कृषि केन्द्र स्थापना गर्न नेपाल सरकार र इजरायल सरकारबीच एमओयू गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । 

Advertisement

बैठकले, सशस्त्र प्रहरीका गोताखोरका लागि दैनिक ३ सयका दरका दरले भत्ता र १० लाखको बीमा गर्ने, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । तीन वटै अद्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सोमबार जारी गरिसकेकी छन्।

Advertisement

Advertisement