टाटाका व्यवसायिक प्रयोजनका गाडि किन्ने हो ? सानिमा बैंकले सहुलियत कर्जा दिन्छ

Advertisement

काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारीक बिक्रेता सिप्रदी  ट्रेडिङ प्रालि र सानिमा बैंकबीच कर्जासम्वन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरीदकर्ताले सानिमा बैंकमार्फत सहुलियत कर्जा प्राप्त गर्न सक्नेछन् । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने जनाइएको छ । 

Advertisement

यस तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् । 

टाटाका गाडी खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सहजरुपले कार्यविधिको अधिनमा रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको सिप्रदीले जनाएको छ । 

सम्झौतापत्रमा सिप्रदीका उपाध्यक्ष शौरभ थपलिया र सानिमा बैंकका एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गरेका छन् । सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङका देशभरी रहेका डिलरहरुबाट पनि उपलब्ध हुने सो कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement