मितेरी पुलमा भएको बैठकको निर्णयः असोज १९ गतेबाट तातोपानी नाका खोल्ने

Advertisement

सिन्धुपाल्चोक । नेपाल–चीन सीमाको मितेरी पुलमा मंगलबार भएको द्धिपक्षीय बैठकले असोज १९ गतेबाट तातोपानी नाका खोल्ने निर्णय गरेको छ । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमले जनाएअनुसार दुवै देशका अधिकारीहरुबीच भएको छलफलले असोज १९ बाट नाका खोल्ने सहमति भएको हो । 

Advertisement

लामो समयदेखि चीनतर्फका मुख्य नाकाहरु तातोपानी र रसुवागढी बन्द हुँदा नेपाली व्यवसायले खरीद गरेका सयौं मालबहाक कन्टेनरहरु विगत आठ महिनादेखि नेपाल प्रवेश गर्न पाएका थिएनन् । 

व्यवसायीको चर्को दबाबपछि नेपाल सरकारी पक्षले चिनियाँ पक्षलाई वार्ताका लागि आग्रह गरेको थियो । सोहीअनुसार आज दुवै पक्षबीच मितेरी पुलमा वार्ता भएको हो । 

जसअनुसार असोज कन्टेनरहरु १८ गते जाङ्बु पोर्टबाट जाँच पास सुरु गर्ने र १९ गतेबाट नेपालमा सामान ल्याउने योजना बनाइएको छ । चीनतर्फका नाकाहरु बन्द हुँदा नजिकिँदो चाडपर्वका आवश्यक पर्ने सत्ताकपडादेखि अन्य अत्यावश्यक सामानहरु प्रभावित हुने चिन्ता गरिएको थियो । 

Advertisement

Advertisement